प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा दुई कम्पनीलाई जिम्मेवारी, ओम्नी समूह र दीपक मलहोत्रालाई टेलिकम डिलरको जिम्मेवारी

23

सरकारले दुई कम्पनीलाई अनियमित तरिकाले टेलिकम डिलरको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री केपी ओलीको निर्देशनमा दुई कम्पनीलाई जिम्मेवारी दिएको हो।विवादास्पद ओम्नी समूह र दीपक मलहोत्रालाई टेलिकमको डिलरको जिम्मेवारी दिएको छ।

ओम्नी स्वास्थ्य सामग्री खरिदमा लापरबाही गरेर विवादमा आएको कम्पनी हो भने मलहोत्रा अर्को टेलिफोन कम्पनी युटिएलका पनि साझेदार हुन् । नियम मिचेर उनीहरूलाई टेलिकममा प्रवेश गराइनुलाई अवैध मानिएको छ ।

ओम्नी र मलहोत्रालाई डिलर बनाउन प्रधानमन्त्री निवासबाट टेलिकममा ठाडो दबाब दिएको बुझिएको छ । अहिले टेलिकमका ४५ वटा डिलर कम्पनी छन् ।

टेलिकमको रिचार्ज कार्डको डिलर बन्न दुई वर्ष सब डिलर भएको अनुभव हुनुपर्छ । तर सब डिलर बनेको अनुभव नभएका दुई कम्पनीलाई पहुँचका आधारमा डिलरको जिम्मेवारी दिइएको हो ।