23.1 C
Kathmandu
 

चीनका राष्ट्रपति बिहीबार उत्तर कोरिया जाँदै

बेइजिङ्ग । चीनका राष्ट्रपति सी जिनपिङ्ग दुई दिने भ्रमणका लागि आउँदो बिहीबार उत्तर कोरिया जाने भएका छन् । सीले त्यहाँ उत्तर कोरयाका नेता किम जङ उनसँग कोरियाली प्रायदीपको समस्याका बारेमा छलफल गर्ने जनाइएको छ । चीनका राष्ट्रपतिबाट उत्तर कोरियाको भ्रमण हुन लागेको यो १४ वर्षपछिको घटना हो  । सीले आफू चीनको राष्ट्रपतिमा सन् २०१२ मा नियुक्त भएपछि चारपटक उत्तर कोरियाली नेतालाई आफ्नो देशमा निम्त्याएपनि उनी भने त्यहाँ गएका थिएनन् ।

जापानमा जी—२० बैठक हुनुभन्दा एक साता अघि मात्रै चीनका राष्ट्रपतिले उत्तर कोरिया भ्रमण गर्न लागेका हुन् । जापानमा चीनका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगपनि भेट गर्ने अपेक्षा गरिएको छ ।  चीनका राष्ट्रपतिका तर्फबाट सन् २००५ मा हु जिन्ताओले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यतिबेला अहिलेका उत्तर कोरियाका नेताका बाबु किम जोङ इल सत्तामा थिए । चीनको सरकारी मुखपत्र सीसीटिभीले चीन र उत्तर कोरियाबीच नयाँ ‘च्याप्टर’ खुलेको जनाएको छ । चीनले उत्तर कोरियालाई पहिला देखि नै  सघाउँदै आइरहेको छ । चीनका नेता माओत्सेतुङले चीन र उत्तर कोरियाको सम्बन्धलाई ओठ र दाँतको सम्बन्ध भएको पहिला नै बताएको बीबीसीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर