रियललाई शीर्ष स्थान उक्लने मौका

6

आजको खेलमा जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लने योजनामा छ । रियलले आजको खेलमा जित निकाल्न सकेमा बार्सिलोनासँग दुई अंकको अग्रता बनाउने । ३२ खेल खेलेको बार्सिलोना ६९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियलको ६८ अंक छ ।

आज नै हुने अर्काे खेलमा लेभान्टेले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ भने भियारियलले भ्यालेन्सीयासँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अर्काे खेलमा ग्रानाडाले इबरसँग प्रतिस्पर्धा गर्नेछ ।