31.1 C
Kathmandu
 

विदेशमा अलपत्र एक हजार दुई सय नेपाली आज स्वदेश फर्कदै

काठमाडौं, १२ असार । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण बिभिन्न देशमा अलपत्र नेपाली स्वदेश फर्किनेक्रम जारी छ । आज एक हजार दुई सय नेपाली काठमाडौँ आउने भएका छन् ।

बहराइन, युएई, कुवेत र मलेसियामा अलपत्र नेपाली स्वदेश फर्कन लागेका हुन् । पर्यटन मन्त्रालयका अनुसार कुवेतबाहेक सबै मुलुकबाट आज दुईदुई वटा उडान हुँदैछन् । बहराइनबाट दुईवटा र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुनेछ ।

युएईमा हिमालयन र एयर अरेविया, कुवेतमा जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सको जहानबाट हुँदैछ । अलपत्र नेपालीलाई ल्याएर ल्याएर काठमाडौँ, भक्तपुर र ललितपुरमा तयार पारिएका होल्डिङ सेन्टरमा राखिनेछ । नेपाली सेनाको टोलीले उनीहरूको सामान्य स्वाथ्य जाँच र विवरण लिएपछि सम्बन्धित प्रदेशमा क्वारेन्टाइनमा बस्ने गरी पठाइने व्यवस्था मिलाइएकाे छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर