14.1 C
Kathmandu
 

गर्मीले कपिलवस्तुको जनजीवन प्रभावित : ५ दिनका लागि विद्यालय बिदा

कपिलवस्तु – दिनप्रतिदिन गर्मी बढ्न थालेपछि कपिलवस्तु जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरु ५ दिनका लागि बन्द गरिएको छ ।

कपिलवस्तु नगर कार्यपालिकाको वैठकको निर्णयअनुसार कपिलवस्तु नगरपालिका क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालयहरुलाई सोमबारदेखि शुक्रबारसम्मका लागि बन्द गर्न नगर क्षेत्रका सबै विद्यालयहरुलाई निर्देशन गरिएको प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्यले बताउनुभयो ।

यसैगरी यशोधरा गाउँपालिका, शुद्दोधन गाउँपालिका, वाणगंगा नगरपालिकालगायतका स्थानीय तहरुले पनि गर्मीका कारण विद्यालय बिदा गरेका छन् ।

अधिक गर्मीका कारण सर्वसाधारणहरु अत्यन्तै जरुरी काम बाहेक घर बाहिर निस्केका छैनन् । दैनिकजसो ४२ डिग्रीभन्दा माथि तापक्रम बढ्न थालेपछि जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ । गर्मीका कारण सेवाग्राहीहरुको सरकारी कार्यालय, सार्वजनिक स्थल, बजारलगायतमा स्थानहरुमा न्यून उपस्थिति रहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर