कालिदेवि पुर्व विद्यार्थी समाज गठन

9

रामेछाप – श्रीकालिदेवि अाधारभुत विद्यालय मन्थली २ टेकनपुरका पुर्व विद्यार्थीहरुले अाज पुर्व विद्यार्थी समाज गठन गरेकाे छ ।

कालिदेविमा अध्ययन गरेर विभिन्न पेशा व्यवसायमा अावद्ध रहेका विद्यार्थीहरुले अाफु पढेकाे विद्यालयलाई शैक्षिक गतिविधिमा सहयाेग गर्ने उदेश्यले कालिलेवि पुर्व विद्यार्थी समाज गठन गरेकाे छ । मंगलबार मन्थलीमा भएकाे पुर्व विद्यार्थीहरुकाे भेलाले ज्ञानु श्रेष्ठको अध्यक्षमा ३ सल्लाहकार समिति सहित ११ सदस्यीय समिति गठन गरेकाे छ । समितिमा उपाध्यक्ष ,काेषाध्यक्ष र सचिवहरुमा क्रमश राजु श्रेष्ठ ,तारा श्रेष्ठ र हाेम बहादुर श्रेष्ठ रहेका छन् । यसै गरि सदस्यहरुमा विष्णु श्रेष्ठ ,कृष्ण बुढाथोकी ,रमा थापा,प्रेम श्रेष्ठ र राजकुमार श्रेष्ठ रहेका छन् । त्यसै गरि सल्लाहकार समितिमा सराेज श्रेष्ठ ,अर्जुन श्रेष्ठ र गणेश थापा छन् ।

विद्यार्थी समाजले उक्त विद्यालयमा शैक्षीक गतिविधि गर्ने, विद्यालय तथा विद्यार्थीहरुका लागि अावस्य शैक्षिक सामग्री उपलब्ध गराउने तथा गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्ने निर्णय समेत गरेकाे समाजका सचिव हाेम श्रेष्ठले जानकारी दिए । साे विद्यालयमा अध्ययन गरेरका विभिन्न श्रेत्रमा रहेकाहरुलाइ एकीकृत गर्न समेत पहल गरिने श्रेष्ठले बताए ।