सेभियालाई शीर्ष तीनमा उक्लने मौका

9

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति विभिन्न दुई खेलहरु हुँदैछन् । आज हुने खेलमा तेस्रो स्थानको सेभियाले छैटौं स्थानको भियारियलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ११:४५ बाट सुरुआत हुनेछ ।

आज हुने खेलमा सेभिया जित निकाल्दै शीर्ष तीनमा उक्लने योजनमा छ । लिगको चौथो स्थानमा रहेको सेभियाको ५२ अंक छ । समान अंक भएको एट्लेटिको मड्रिड लिगको तेस्रो स्थानमा छ ।

आजको खेलमा जित निकाल्न सकेमा सेभिया शीर्ष तीनमा उक्लने छ । यता भियारियल पनि आजको खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष पाँचमा पर्ने योजनामा छ । ३० खेलबाट ४७ अंक भएको सेभिया तालिकाको छैटौं स्थानमा छ ।

आज नै हुने अर्को खेमला लेगानेसले ग्रानाडासँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ ।