23.1 C
Kathmandu
 

केपी ओलीको ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गीति संग्रह सार्वजनिक

काठमाडौं – ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गीति संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गीतकार रहेको गीति एल्बममा कुल ५ वटा गीतहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा सो एल्बम तयार भएको हो । शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा बढि सडक मानवहरुलाई खाना खुवाउँदै आएको नेपाल स्वयंसेवक संघसंग मिलेर सडक मानवलाई नै अतिथि बनाएर एल्बम बिमोचन गरिएको थियो।

एल्बममा ५ वटा गीतहरु समावेश रहेका छन् जसमध्ये ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिदैन प्रस्वास’ लाई प्रधानमन्त्री केपी ओलीले रचना रहेको छ भने शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् ,’हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखी जनता नाँचको’मा रमेशकुमार पौडेलले रचना रहेको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन् , त्यसैगरि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बोलको गीतमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिएका छन् ।’मुर्झिएका सपनाहरु विउँझायौ तिमिले’मा रमेशकुमार पौडेलले रचनामा राजेश पायल राईले आवाज दिएका छन् । पाँचौ गीत ‘पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो’ मा विपिन किरणको रचना, बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ ।

किरण क्रियसनले बजार व्यवस्थापन गरेको एल्बममा संगीत संयोजन आमोश तामाङको रहेको छ भने सम्पुर्ण गीतमा प्राज्ञ शान्तिराम राईले संगीत भर्नु भएको छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल , सुखि नेपाली बनाउँनको लागि लिनु भएको पहलकदमीलाई जनतामाझ लैजानको लागि गीति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले बताए ।

त्यस्तै बाहिर कार्यक्रम गर्दा लाग्ने खर्च कटाएर २ महिनादेखि खाना खुवाई रहेका नेपाल स्वयंसेवक संघ नामक सामाजिक संस्थालाई आवश्यक सामाग्री हस्तान्तरण समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवक संघका सन्तोष निरौलाले २ महिनादेखि खाना खुवाउदा दाताहरुले दिएको र आफुहरुसंग भएको सामाग्री पनि सकिन लागेकाले सहयोगी मनलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।
संस्थाले लकडाउनदेखि नै दैनिक सडक मानव र असहायहरुलाई खाना खुवाउदै आइरहेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर