काठमाडौँ, २७ मङ्सिर । संवैधानिक परिषद्को बैठक आज पुनः बस्दैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण बैठक स्थगित हुदै आएको छ । हिजो बस्ने भनिएको बैठक देउवाकै आग्रहमा बैठक आज बिहानका लागि सारिएको हो ।
संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सिफारिसको मुख्य कार्यसूची छ । न्याय परिषद्ले पठाएको रोस्टरअनुसार संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ । यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसहित अन्य सात आयोगका पदाधिकारी छनोटको कार्यसूची पनि परिषद्मा छ । तर, पहिलो चरणमा वित्त आयोगका मात्र पदाधिकारी सिफारिस गर्ने तयारी छ ।