22.4 C
Kathmandu
 

अन्तरप्रदेश परिषद्को बैठक जारी

काठमाडौं, २४ मंसिर । अन्तरप्रदेश परिषद्को बैठक आज पनि बस्दै छ । बैठकमा हिजो चार वटा प्रदेशका मूख्यमन्त्रीले बोलेका थिए । आज बाँकी प्रदेशका मूख्यमन्त्रीले बोल्नेछन् । हिजो बोल्ने मूख्यमन्त्रीहरुले संघिय सरकारले समयमै कानुन निर्माण र कर्मचारी समायोजन नगर्दा प्रदेश सरकारलाई काम गर्न असजिलो भएको गुनासो गरेका थिए ।

आवश्यक कानुन नबन्दा, कर्मचारी समायोजन नहुँदा तथा संघ र प्रदेशबिच अधिकार बाँडफाँड र समन्वय नहुँदा काम गर्न असहज भएको मूख्यमन्त्रीहरुको गुनासो छ ।

बैठकको पहिलो दिन प्रदेश नम्बर एकका शेरधन राई, प्रदेश दुईका लालबाबु राउत, प्रदेश तीनका डोरमणी पौडल र गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुले आजकोे बैठकमा आफ्नो धारणा राख्नुहुनेछ

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर