काठमाडौं, २१ मंसिर । महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोसाकमा एकरुपमा ल्याउन लागिएको महानगर शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जनाए ।
‘विदेशका महानगरमा रहेको विद्यालयको पोसाक एउटै हुन्छ’, उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोसाक लगाएर महानगरको विद्यालयमा एकरुपमा ल्याउन थालेका हौं।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
यसैगरी महानगरले विद्यालयको विदामा समेत एकरुपमा ल्याउन शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । आगामी शैक्षिकसत्रदेखि विदेशी कुटनीतिक निगोगबाट सञ्चालित बाहेकका सबै विद्यालय एकैदिन खुल्ने र विदा हुने गरी क्यालेन्डर बनाउन लागिएको कोइरालाले जानकारी दिए ।