22.1 C
Kathmandu
 

सिंहदरबारमा रहेको भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई बाबुरामको सचेत

मङ्सिर २१, खोटाङ – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सिंहदरबारमा रहेको भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई विहिबार सम्बोधन गर्दै भट्टराईले सिंहदरबारको अधिकार गाउँमा पुग्नुपर्नेमा भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आएको बताए ।

‘सिंहदरबार चैं गाउँमा पुर्‍याउने भनेको तर कतिपय अवस्थामा सिंहदरबारमा थुप्रिएर, गुम्सिएर रहेको भ्रष्टाचार गाउँमा गयो भन्ने छ । त्यो रोग चैं नल्याउनुहोला । राम्रो कुरा सिक्ने हो । नराम्रा कुरा सिक्ने होईन’ भट्टराईले भने । उनले मुलुकको संघीयतालाई असफल पार्नका लागि हाल संघीयता विरोधी समुहले स्थानीय तहमा ‘मनपरी भइरहेको, मनलाग्दो कर असुल गरिरहेको’ भन्दै संघीयताप्रति नकरात्मक प्रचार गरिरहेकोतर्फ सचेत रहन आग्रह गरे ।

‘स्थानीय तहले त्यस्तो उत्पात गरेजस्तो लाग्दैन । दुरुपयोग त केन्द्रमा पनि छ । संघीयता र स्थानीय तह भनेको भर्खर जन्मेको बच्चा हो,’ भट्टराईले भने, ‘फोहोर गर्‍यो भन्दैमा नानीलाई फ्याक्दिने होईन, सफा गरेर जानुपर्छ । तर त्यही वहानामा संघीयतालाई नै फाल्दिने जालमा फस्नु हुँदैन ।’
नागरिकबाट

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर