21.1 C
Kathmandu
 

सुन तस्करी प्रकरण : सई बालकृष्ण सञ्जेललाई पनि साधारण तारेखमा छाड्न आदेश

मङ्सिर २१, विराटनगर – करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ ।

न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत मोरङले गत जेठ ८ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहेका सञ्जेलले गत साउन ६ गते जिल्लाको आदेश बदर गरेर आफूलाई साधारण तारेखमा छाड्नु पर्ने माग गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका थिए । २६ पटक पेसी चढेको मुद्दा १८ पटक स्थगित गरेर बिहिवार साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

उच्च अदालतले जिल्लाको आदेश बेरितको भएको ठहर गर्दै साधारण तारेखमा छाडेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश भएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।
अन्नपूर्णबाट

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर