22.1 C
Kathmandu
 

भारतीय र पाकिस्तानी सेनाबीच गोली चल्दा दुई वर्षीय बालकसहित चारजनाको मृत्यु

काठमाडौं । भारत र पाकिस्तानबीच विवादित क्षेत्र काश्मीरस्थित लाइन अफ कन्ट्रोल (एलओसीमा) गोली हानाहान हुँदा दुई वर्षीय बालसहित चार सर्वसाधारणको मृत्यु भएको छ । सन् २००३ को युद्धविराम सम्झौता उल्लंघन गर्दै आइतबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा सर्वसाधारण निशानामा परेका थिए । भारत प्रशासित काश्‍मीरको एलओसीस्थित दुईवटा स्थानीय बसोबास भएको क्षेत्र कुपवारमा पाकिस्तानी सेनाले गरेको फायरिङबाट एक महिला र एक बालकको मृत्यु भएको भारतीय प्रहरीका अधिकारी श्रीराम अम्बारकरले बताएका छन् । उनले अन्य केही घाइते भएको हुनसक्ने समेत बताएका छन् । पाकिस्तानी सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एलओसीमा गरिएको युद्धविराम उल्लंघनका क्रममा भारतीय सेनाले बोराह, दुधनायल, राखछिक्री र चिरिकोट क्षेत्रमा निशाना बनाउन खोजेको थियो ।”  “विभेदकारी भारतीय आक्रमणमा परि दुधनायल क्षेत्रमा दुई वर्षीय बालक मुहम्मद हसीबको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ, “त्यसैगरी ७२ वर्षीय एक वृद्धसहित अन्य चारजना गम्भीर घाइते भएका छन् ।”  भारत र पाकिस्तानले दुबैले काश्मीरको आधा-आधामा शासन चलाइरहेका छन् । तर, दुबै मुलुकले सिंगो आफ्नो हुनुपर्ने दाबी गरिरहेका छन् । सन् १९४७ यता उनीहरुबीच काश्मीर क्षेत्रका लागि दुई पटक युद्ध भइसकेको छ । –अलजजिरा 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...