19.1 C
Kathmandu
 

११ हजार नमूना परीक्षण गर्दा १४ जनामा भेटियो कोरोना

काठमाडौं । देशभरि करिब ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो । ५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्‍यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।र्‍यापिडकीट बाट ५२ जिल्लामा परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । यो कीट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ ।परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी क्वारेन्टाइनमा बसिरहेका थिए ।काठमाडौं उपत्यकामा ९ सहित देशभरि १ सय ३ जना लाइसोलेसनमा छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर