काठमाडौँ, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ । नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो ।
केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै नेकपाले मंसिर १० गते बस्ने भनिएको बैठक बसेको थियो । यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं । मंसिर ११ गते पनि गृहकार्य नपुगेको भन्दै १२ गते साँझ बैठक बसेको थियो ।