21.1 C
Kathmandu
 

मदिरामा अंकुश लगाउदै सरकार : साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै सेवन गर्न पाउने

मङ्सिर १३, काठमाडौं — सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ ।

गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै महिदारको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ ।

शान्तिशुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियमम लगाउन लागेको हो ।

अहिलेकै व्यवस्थामा कार्यकारी आदेश जारी भए उपभोक्ताले परिचयपत्र देखाएर मात्रै मदिरा खरिद गर्न पाउनेछन् ।

विक्रेताले उपभोक्ताको परिचय खुल्ने कागजपत्रको अभिलेख राखेर मात्रै मदिरा बिक्री गर्न पाउनेछन् । तर, कारोबार जतिवेला पनि गर्न छुट हुनेछैन ।

अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बेच्न तथा किन्न पाईने छ ।

होटेल, रेस्टुरेन्टहरुले समेत साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै सेवन गराउन पाउनेछ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर