25.1 C
Kathmandu
 

वाइडबडी खरिदबारे सात दिनमा राय दिन लेखा समितिको निर्देशन

काठमाडौं, १२ मंसिर । संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन अनुसार भएनभएको रायसहित ठोस प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा सोधपुछ गर्न सार्वजनिक खरिद कार्यालयका सचिव मधु रेग्मीलाई बोलाएको थियो । बैठकले समितिलाई रायसहितको प्रतिवेदन पेश गर्न सात दिनको समसीमासहितको निर्देशन दिएको हो ।

बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले वाइडबडी खरिदबारे मिडियामा आएको बाहेक कार्यालयलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले समितिले दिएको निर्देशनका आधारमा छानविन गर्न सक्ने भन्दै छानविनपछि मात्रै विमान खरिद प्रकरणबारे भन्न सक्ने जानकारी दिनुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर