15.1 C
Kathmandu
 

प्रदेश नम्बर–३ को प्रदेशसभा बैठकमा पाँचओटा विधेयक पेस

काठमाडौं, १० मंसिर । प्रदेश नम्बर–३ को प्रदेशसभा बैठकमा पाँचओटा विधेयक पेस गरिएको छ । प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले आज बसेको बैठकमा पेस गर्नुभएको विधेयकहरुमा संघ–संस्था दर्ता र सञ्चारमाध्यमलाई व्यवस्थित गर्न बनेको विधेयक रहेका छन् ।

यस्तै, प्रदेशसभाका सदस्य सरेश नेपालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेश कार्यसञ्चालन गर्न बनेको विधेयक पेस गर्नुभयो । प्रदेशसभाका सदस्य घनश्याम दाहालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेशमा प्राविधिक शिक्षा परिषद्को व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेशमा खेलकुद विकास समिति गठनसम्बन्धी विधेयक दफावार छलफलका लागि पेस गर्नुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर