15.1 C
Kathmandu
 

यो साताभरीको राशिफलः मंसिर १० देखि १६ गतेसम्मको भाग्यादेश

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तपाईंका लागि यो साता महत्वपूर्ण छ । आटेका काम सफल हुनेछन् । धन लाभको समय छ । गरेको व्यवसायमा उन्नती हुनेछ । ज्ञानगुनका कुरामा मन जानेछ । परायालाई सजिलै जित्न सकिनेछ । समाजसेवामा मन जानेछ । घरपरिवारबाट राम्रो सहयोग मिल्नेछ । साताको मध्यमा स्वास्थ्यमा ख्याल गर्नुहोला । अपव्ययको समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

यो साता राम्रो छ । हरेक काम बन्नेछन् । धन लाभको समय छ । साथीसंगीबाट राम्रो साथ रहनेछ । आर्थीक क्षेत्रमा राम्रो हुनेछ । भौतिक सुख सुविधा मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनेछ । जित्नुहोला । गरिरहेको व्यवसायबाट थप सफलता मिल्ने छ । ख्याल गर्नुहोला स्वास्थ्यमा खराबी आउन सक्ला है ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

तपाईं लागि यो साता फलदायी छ । मनले आटेका कामहरु बन्ने छन् । नविन कामको शुरुवात हुनेछ । पराया तपाईंसंग पराजीत हुनेछन् । ज्ञानगुनका कुराहरुमा रुची जानुकासाथै सफलता पनि मिल्ने छ । जग्गा जमिनबाट राम्रो लाभ होला । सिर्जनशिल काममा मन जाने छ । समाजमा राम्रो मान सम्मान मिल्ने छ । गरिरहेको कामबाट थप उन्नती होला । गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता तपाईंकालागि सफलतै सफलताले भरिपूर्ण देखिन्छ । काममा बाधा आए पनि क्रमिकरुपमा सुधार हुदै जादा सफलता मिल्ने छ । गरिरहेको व्यवसायबाट थप फाइदा हुनुका साथै घुमफिरको योग छ । साथीसंगीबाट साथ सहयोग मिल्ने छ । काममा प्रगति हुनुका साथै नविन सोचका काममा मन जानेछ । आर्थीकरुपमा बलियो हुदाहुदै पनि थप मजबुत हुनुहुनेछ । ख्याल गर्नुहोला स्वास्थ्यमा बाधा अडचन आउला सचेत हुनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो साता तपाईंका लागि बिशेष महत्वको छ । ज्ञानगुनका कुराहरुमा बढी मन जानेछ । काम पनि सफल हुनेछन् । गरिरहेका व्यवसायबाट थप सफलता मिल्ने छ । आर्थीक पक्ष सवल हुदाँ थप नयाँ कामको आँट बढ्नेछ । व्यवसायमा पनि उल्लेख्य वृद्धि हुनेछ । घर परिवारबाट राम्रो साथ पाउँदा मनमा थप हौसला मिल्ने छ । घुमफिरको योग छ । साताको अन्त्यमा कामा अवरोध आउन सक्छ तर, अरु पक्ष भने बलियो देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता सफलतै सफलताले चुम्नेछ । आटेका सबै काम पुरा हुनेछन् । हरेक पलमा आट जोश जागर आउनेछ । ज्ञानगुनका कुरामा मन बढी जानेछ । समाजबाट सम्मान मिल्नेछ । आर्थीकरुपमा सवल बन्ने योग छ । गरिरहेको काममा सफलता मिल्नुकासाथै नविन सोचका काममा रुची जाग्नेछ । ज्ञानगुनमा बलियो देखिनुहुनेछ । साताको अन्त्यमा तपाईंको स्वास्थ्यमा बाधा पुग्ला ख्याल गर्नुहोस् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईंका लागि साता उत्तम छ । हरेक काममा सफलता मिल्नुकासाथै धनलाभको योग छ । काम गर्ने एरिया फराकिलो बन्ने छ । ज्ञानगुनका कुराहरुमा मन जानेछ । आध्यात्मीक काममा मन जानेछ । साथीसंगीको राम्रो साथ सहयोग मिल्नेछ । काममा प्रगति हुने छ । व्यवसायमा राम्रो उन्नती होला । समाजमा सम्मान मिल्नेछ । मठ मन्दिरमा धाउने कामको प्रतिफल पाउनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तपाईंकालागि साता राम्रो छ । शुरुमा काममा बाधा अवरोध आए पनि सफलताको नजिक पुग्नुहुनेछ । ख्याल गर्नुहोला नि स्वास्थ्य तपाईंको साथमा छैन । साताको अन्त्यमा काममा प्रगती होला । धनसम्पत्तिमा अरुधन्दा अब्बल हुनुहोला । ज्ञानगुनका कुरामा मन जानेछ । हरेक काममा सफलता मिल्ने छ । घरपरिवारको साथ अविस्मरणिय रहनेछ । समाजमा सबैले सम्मान गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

यो साता ठिक छ भन्नुपर्छ । किनकि व्यवसायमा उन्नती छ । हरेक काममा प्रगती छ । ज्ञानगुनका कुरामा मन जानेछ । हरेक काममा सफलता मिल्ने छ । घरपरिवारको साथ अविस्मरणिय रहनेछ । काममा प्रगति मिल्नेछ । अर्थ कमाई राम्रो होला । मन्दिरमा जानुको कर्म प्राप्ति होला । तरल भन्दा ठोसमा जोड दिनुहोला । साताको अन्त्यमा अपव्यय बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

यो साता महत्वपूर्ण छ । सम्पत्ति कमाउने योग छ । अर्थ प्राप्तिको समय छ । ज्ञानगुनका कुरामा मन जानेछ । हरेक काममा सफलता मिल्ने छ । घरपरिवारको साथ अविस्मरणिय रहनेछ । परायालाई सहजै जित्नुहुनेछ । स्वास्थ्यको क्षेत्रमा ठिकै छ । धर्ममा मन जाला । काम पाउने योग छ । साताको अन्त्यतिर काममा बाधा आउनुका साथै अपव्ययको समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यो साता सबै क्षेत्रमा प्रगती हुनेछ । आटेका हरेक काम बन्नेछन् । सिर्जनशिल काममा मन जाला । ज्ञानगुनका कुरामा मन जानेछ । हरेक काममा सफलता मिल्ने छ । घरपरिवारको साथ अविस्मरणिय रहनेछ । काममा उन्नति हुने छ । साथीसंगीबाट राम्रो सहयोग मिल्नेछ । समाजमा सम्मान मिल्नेछ । व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यो साता तलमाथी हुने देखिन्छ । शुरुमा काममा बाधा अडचन आउलान् तर, ख्याल गर्नुहोला । पराया बलियो बन्नेछन् । काममा उन्नती होला । साथीसंगीको साथ सहयोग मिल्नेछ । आर्थीकरुपमा बलियो हुनुहुन्छ । व्यवसायमा वृद्धि हुनेछ । साहित्यिक काममा मन जानेछ । ज्ञानगुनका कुरामा मन जानेछ । हरेक काममा सफलता मिल्ने छ । घरपरिवारको साथ अविस्मरणिय रहनेछ । अध्ययनको क्षेत्र सबल छ । पारिवारिक सुख मिल्ने देखिन्छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर