23.1 C
Kathmandu
 

मंसिर ११ गते सामाजिक सुरक्षा कोष दिवस मनाउने

काठमाडौं, ७ मंसिर । सरकारले मंसिर ११ गते सामाजिक सुरक्षा कोष दिवस मनाउने घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरेको यसको जानकारी दिएको हो ।

दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो । श्रम मन्त्रालयका सचिव दाहालले कानुनी व्यवस्था अनुरुप सबै रोजगारदाता अनिवार्य रुपमा सूचिकृत हुनै पर्ने बाध्यता रहेको बताउनुभयो ।

रोजगारदाताले सूचिकरण भएको तीन महिना भित्रमा योगदानकर्ता श्रमिकको सूचिकरण गर्नुपर्ने उहाँको भनाइ छ । योगदानकर्ता सूचिकरण भएपछि योगदान संकलनको काम सुरु हुने र स्किमहरु सुरु हुने मन्त्रालयले जनाएको छ । निजी क्षेत्रका श्रमिकलाई औषधि उपचार, दुर्घटना, आश्रित परिवार सुरक्षा तथा वृद्धाभत्ता सुरक्षा दिने उद्देश्यका साथ सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ ।

यो कार्यक्रम सुरु भएसँगै निजी क्षेत्रका श्रमिकले पनि पेन्सन र उपदान पाउनेछन् । यसैगरी विरामी हुँदा उपचार सुविधा पनि प्राप्त हुनेछ । कोषको स्किम सञ्चालनका लागि मन्त्रालयले कार्यविधि तयार पारिसकेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर