23.1 C
Kathmandu
 

विमान खरिदका कागजात २४ घण्टाभित्र बुझाउने मन्त्रीको प्रतिवद्धता

काठमाडौं, ७ मंसिर । संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सार्वजनिक चासोको विषयमा संसदीय समितिमा छानबिन हुनु सकरात्मक भएको भन्दै उहाँले समितिबाट हुने छानबिनमा मन्त्रालयको पूर्ण सहयोग हुने बताउनुभयो ।

आफू मन्त्री हुँदा विमान खरिद प्रक्रिया पूरा भइसकेको तर, त्यसको नैतिक जिम्मेवारी लिने भन्दै उहाँले अरु दोषी देखिए पनि कारबाही गर्ने बताउनुभयो । समिति बैठकमा सांसदहरुले वाइडबडीको स्वामित्व प्रष्ट नभएको भन्दै प्रमाण पेश हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेकपाका सांसद भीम रावलले वाइडबडी विमान आएको तर त्यो किनेर ल्याएको हो कि भाडामा ल्याएको हो भन्ने प्रष्ट नभएकाले खरिद गरेको प्रमाणपत्र उपलब्ध हुनुपर्ने माग गर्नुभएको थियो । कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा. नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी राना लगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने धारणा राख्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर