19.1 C
Kathmandu
 

बागमती प्रदेश सरकार असफल साबित भएको प्रतिपक्ष दलहरूको आरोप

मकवानपुर । प्रतिपक्ष दलहरूले बागमती प्रदेशको सरकार असफल साबित भएको टिप्पणी गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् ।

बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्ष दलहरूले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको दाबी गरे ।प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल राप्रपा, नेकपा एकीकृत समाजवादीले सरकारले आफ्नो कमीकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद् छल्ने कार्य गरेको बताएका हुन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको उक्त प्रवृत्तिले सरकार र प्रतिपक्ष दल बिच द्वन्द्व स्थिति निम्तिन सक्ने सम्भावना देखिएको बताए ।

सरकारले हठात् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकार प्रदेशसभाबाट भागेर गैर जिम्मेवार ढंगबाट प्रस्तुत भएको छ ।’ उनले भने, ‘दलहरू बिच छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्व दम्भ र निरङ्कुश शैली उदांगिएको छ ।’

सरकारको उक्त निर्णयले कार्यपालिका र व्यवस्थापिका बिचको दुरी बढाउने काम गरेको उनको आरोप छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरू विच भएको सहमति, गत असोजको ११÷१२ गतेको अविरल वर्षापछि राहत उद्धार र पुनःनिर्माण विषय आलटाल गर्ने काम गरेको उनले बताए ।

उनका अनुसार सरकारका कारणले आगामी बजेट अधिवेशनलाई पनि अनिश्चित दिशामा धकेलिने सम्भावना बढेको छ । दलहरू बिचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेट समेत ल्याउने नैतिकता गुमाएको उनले बताए । सरकारले गैर जिम्मेवार हर्कत छोडेर वार्ता र सहमति मार्फत अगाडी बढ्न उनले माग गरेका छन् ।

प्रमुख सचेतक ढकालका अनुसार सरकारले प्रदेशसभाको हिउँदे अधिवेशनमा ४ दिन बैठक संचालन गरेको छ । संसदको हिउँदे अधिवेशनमा पारित हुनु पर्ने ४ विधेयक पनि अन्योलमा परेको उनले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर