27.9 C
Kathmandu
 

सामान्य तारेखमा रिहा भए सिन्धुपाल्चोक कांग्रेसका युवा नेता पासाङ

काठमाडौं, ६ मंसिर । ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीबाट पक्राउ परेका नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता पासाङ लामा आज सामान्य तारेखमा रिहा भएका छन् । गत कार्तिक २६ गते आफ्नो निजि कामको सिलसिलामा भारत जानेक्रममा एयरपोर्टबाट पक्राउ परेका लामा काठमाडौं जिल्ला अदालतबाट आज रिहा भएका हुन् ।

भोटेकाशी गाउँपालिका मार्मिङ वडा नंः ५ कांग्रेस इकाइ सभापति लामालाई झगडामा संलग्न नभए पनि संलग्न भएको अाराेप लगाएर ज्यान मार्ने अभियोगमा मुद्धा दर्ता गराइएको थियो ।
आज रिहा भए लगत्तै नेता लामाले आफुलाई प्रहरीले विनाकारण फसाएको प्रतिक्रिया दिएका छन् । उनले गाउँमा विकासका कामहरुलाई आफुले निरन्तरता दिदै आएको उल्लेख गर्दै कम्युनिष्ट सरकार कांग्रेसले चुनाव हारेका ठाउँमा भएकाे विकाससंग अत्तालिएर आफुलाई पक्राउ गरेकाे र यस घटनाले लोकतन्त्रको खिल्ली उडाउने काम गरेको बताएका छन् ।

विना कुनै कारण लामालाई पक्राउ गरि राजनीतिक प्रतिसोध साध्न खोजेको भन्दै पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले सरकारको कडा आलोचना गरेका छन् । नेता बस्नेतले लामालाई जस्तै देशव्यापी कांग्रेस कार्यकर्ताहरुलाई विनाकारण पक्राउ गरेर दुःख दिइरहेको भन्दै यस्ता अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । नेता बस्नेतले भने– ‘सरकारका यस्ता कामले संविधानले दिएको स्वतन्त्र रुपमा हिडडुल गर्ने अधिकारको हरण भएको छ, यस प्रकार देशव्यापी भएका घटनाहरुकोे विरुद्धमा कांग्रेस सशक्तरुपमा विरोधमा उत्रिने चेतावनी दिन चाहान्छु ।’
त्यसैगरी पूर्व वन मन्त्री एवम् कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले कुनै घटनामा संलग्न नभएको र कसैले किटानी जाहेरी पनि नदिएको अवस्थामा प्रहरीले पक्राउ गरि हिरासतमा राखी लामालाई मानसिक यातना दिएर राज्यले शक्तिको दूरुपयोग गरेको बताएका छन् । भण्डारीले लामाको पक्राउबाट राजनीतिक रुपमा सरकार पूर्वाग्राही भएको थप पुष्टि भएको बताएका छन् ।

लामालाई प्रहरीले कार्तिक २६ गते व्यापारिक कामको सिलसिलामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत जाने क्रममा पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई बौद्ध प्रहरी बृतमा राखिएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर