काठमाडौं, ६ मंसिर । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यसवर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिनुभयो