22.4 C
Kathmandu
 

साहित्यकार एवं पत्रकार सविन प्रियासन गीतकारकारुपमा परिचिति हुदै

काठमाडौं, ६ मंसिर । साहित्यकार एवं पत्रकार सविन प्रियासन अब गीतकारकारुपमा पनि परिचिति हुने भएको छन् । चर्चित युवा गायक कृष्ण काफ्लेका साथमा प्रियासनले ‘म गीतहरुमा डुबेर, तिमीलाई सम्झेको हुन्छु’ बोलको गीत ल्याएर बजार आउन लागि रहेका छन् । प्रियासनको शव्द रहेको उक्त गीतमा गायक कृष्णको स्वर रहेको छ ।

गीतलाई युवा संगीतकार पुरुषोत्तम न्यौपानेले सँगीत गरेका छन् भने गोपाल रसाइलीले गीतको एरेन्ज गरेका हुन् । आधुनिक पप गीतकारुपमा बजारमा ल्याउन लागिएको उक्त गीत खिचापोखरीस्थित तास स्टूडियोमा रेकर्ड गरिएको छ । अबको केही दिनमा नै अडियो र भिडियो सार्वजनिक गर्ने लक्ष्यसहित काम भैरहेको गीतकार प्रियासनले जानकारी दिए । चारमिनेट २२ सकेन्डको उक्त गीतमा शव्द, सँगीत, लय अनि स्वर सबै राम्रो भएकाले श्रोताहरुको मन जित्ने विश्वास प्रियासनले लिएका छन् ।

प्रियासनले विशेषगरी उपन्यासहरु लेख्ने र पत्रकारित गर्ने भएपनि पछिल्लो समयमा गीत समेत लेख्न थालेका छन् । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष समेत रहेका प्रियासनले छिटैनै अन्य गीतहरु पनि बजारमा ल्याउने बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर