17.1 C
Kathmandu
 

काङ्ग्रेसकाे राजनिती एउटा परिवारमा सिमित

काठमाडौं – नेपाली काङ्ग्रेसकाे सांगठनिक अवस्था कमजाेर हुनुकाे कारण काङ्ग्रेसमा भएकाे परिवारवाद पनि एक हाे । संगठन हाक्क , विस्तार गर्न र नेतृत्व लिनका लागि पाटीकाे सिद्धान्त बुझेकाे , संगठन बुझेकाे र सबैलाई समेटेर संगठन मजबुत बनाउन सक्ने क्षमतावान ब्यक्तिकाे अावस्यक पर्छ । विडम्बना भनाै यात काङ्ग्रेसको प्रचलन भनेर बुझाै रामेछापको काङ्ग्रेसकाे सन्दर्भमा त्यस्तै भएकाे छ ।

नेपाली काङ्ग्रेस रामेछापको अाधा दर्जन जति भाद्री संस्था तथा शुभेच्छुक संथाकाे प्रमुखमा एउटै परिवारका सदस्य रहेका छन् । जस्मा रामेछापको नेपाल किसान संघ ,नेपाल महिला संघ , नेपाल विद्यार्थी संघ ,नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल प्रेस युनियन लगाएका जिल्ला अध्यक्षमा एउटै परिवारका सदस्यहरु रहेका छन् । यस्ताे परिणाम नेताकाे चाकडी प्रथाले ल्याएकाे हाे । काङ्ग्रेसको राजनितीमा रामेछाप जिल्लामा मात्र हाेइन यस्ताे समस्या देश भरिनै देखिन्छ ।

केन्द्रदेखि गाउँ स्तर सम्मकाे काङ्ग्रेसीहरुकाे समस्या हाे । नेपाली काङ्ग्रेस पुरातनवादी साेच ,नातावाद, कृपावाद, अाफन्तवादले पुरै जेलिएकाे छ । त्यस्तै चाकडी र चाप्लुसिकाे राजनितीक सैलिले चरम रुप लीएकाे छ । काङ्ग्रेसकाे चिन्ता गर्ने लाेकतन्त्रकाे चिन्ता गर्नेहरु धेरै नै छन् । तर काङ्ग्रेस अहिले चुर्लुम्मै डुबेकाे छ । पार्टी भित्रैकाे बादविवाद र गलत प्रवृतिकाे खाडल भित्र ।

नागरिकले काङ्ग्रेससंग साटेका सपना मारिसकेका छन् । सबै काङ्ग्रेसी गलत प्रवृत्ति अागल्न तयार छैनन्, सिद्धान्त र सहि बाटाेमा हिडेका काङ्ग्रेसीहरु पनि थाकिसकेका छन् । अब साच्चिकै विपिले देखेकाे सपना पूरा गर्ने हाे काङ्ग्रेसले भने काङ्ग्रेस जरै देखि शुद्रीनु पर्नेछ ,काङ्ग्रेस भित्र लागेका धमिराहरु निमिट्यान्न पार्न जरुरी छ । काङ्ग्रेसमा नयाँ पालुवा पलाउने माैका लिनु पर्ने छ , नयाँ बिरुवाकाे वृक्षरोपण गर्नु पर्ने छ । मलजल र गाेडमेल जरुरि छ अनि मात्र नेपालीहरुकाे मनमा बस्न लाएक काङ्ग्रेस बन्न सक्छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर