20.1 C
Kathmandu
 

साप्ताहिक राशिफलः मंसिर ४ देखि १० गतेसम्मको भाग्यफल

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यो साता मध्यम फलदायी रहनेछ । काममा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने कार्यमा सफलता मिल्नेछ । मनमा उत्साह बढ्नुका साथै नयाँ जोश जाँगर बढ्ने देखिन्छ । आर्थिक क्षेत्र सफल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै व्यापार व्यवसायमा अपेक्षाकृत सफलता हात पर्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

यो साता उन्नतिकारक रहनेछ । आर्थिक वृद्धि हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता मिल्नेछ । शत्रु निर्वल देखिन्छन् । विद्याको क्षेत्र बलवान छ । पराक्रम बढ्नुका साथै व्यवसायबाट विशेष लाभ हुनेछ । सन्तान सुख मिल्नुका साथै पारिवारिक उन्नति देखिन्छ । मंगलबार र बुधबार खर्चमा वृद्धि हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साता लाभदायी रहनेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । यात्राका योग पनि देखिन्छन् । आर्थिक क्षेत्र सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । साताको अन्त्यमा स्वास्थ्यमा केही समस्या देखा पर्न सक्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता उत्तम फलदायी रहनेछ । सोचेका काम बन्नुका साथै नयाँ कार्यका अवसर पनि मिल्नेछन् । सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ । प्रेम जीवन सफल रहनेछ । व्यापार व्यवसाय बढ्नुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ । रोगको क्षेत्र भने बलबान देखिन्छ । स्वास्थयको विशेष ख्याल राख्नु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो साता मध्यम फलदायी रहनेछ । खर्च बढ्नुका साथै स्वास्थयमा पनि प्रतिकूलता रहने देखिन्छ । मंगलबारबाट कार्यमा एवं स्वास्थ्यमा सुधार आउनेछ । आर्थिक वृद्धिका योग देखिन्छन् । नयाँ काम पाउने योग देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुनेछ । धन बढ्नुका साथै पारिवारिक सुख प्राप्त हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता लाभदायी रहनेछ । आर्थिक वृद्धिका योग देखिन्छन् । अध्ययनमा सफलता मिल्नेछ । सोचेका काम बन्नेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक क्षेत्रमा रुचि जाग्नेछ । मान प्रतिष्ठा बढ्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । मंगल र बुधबार खर्च बढ्नुका साथै कार्यमा अवरोध रहने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो साता विशेष फलदायी रहनेछ । कार्यमा प्रगति हुनेछ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्नेछन् । व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । लक्ष्मी वृद्धिको योग देखिन्छ । साताको अन्त्यमा भने कार्यमा बाधा व्यवधान आइपर्न सक्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो साता फलदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । मान बढ्नुका साथै सामाजिक क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । कार्य प्राप्तिको योग देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ । मंगल र बुधबार भने खर्चमा वृद्धि हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

यो साता मध्यम फलदायी रहनेछ । काममा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय शुभ फलदायी रहनेछ । आमदानी स्रोत बढ्नेछन् । सामाजिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । अध्ययनमा सफलता हात पर्नेछ । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

यो साताको सुरुमा केही खर्च बढ्ने देखिन्छ । कार्यमा बाधा व्यवधान पनि उत्पन्न हुनेछ । साताको मध्य भाग विशेष फलदायी रहनेछ । शत्रु पराजित हुनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । धनको क्षेत्र सबल रहनेछ । व्यवसायमा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्र भने निर्वल रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साताको पूर्वाद्र्ध विशेष फलदायी रहनेछ । अध्ययनमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य प्राप्तिको योग देखिन्छ । व्यवसायको क्षेत्र फलदायी रहनेछ । पराक्रम बढ्नुका साथै शत्रु क्षय हुनेछन् । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साता अर्थदायी रहनेछ । कला मनोरञ्जनमा विशेष रुचि जाग्नेछ । आय आर्जनका स्रोत बढ्नेछन् । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । प्रेम जीवन सुखमय रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर