12.1 C
Kathmandu
 

नेकपा सचिवालयको बैठक मंसिर ६ गते बस्ने

काठमाडौं, ३ मंसिर । स्थायी समितिको बैठकको तयारी गर्न सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बैठक मंसिर ६ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहालको छलफलले सचिवालय बैठकको मिति तय गरेको हो ।

स्थायी समिति मात्र होइन, केन्द्रीय सचिवालयको बैठक पनि लामो समयसम्म नडाकिँदा नेकपामा असन्तुष्टि चुलिँदै गएको थियो । एक हप्ताभित्र बैठक नडाकिए ‘फोर्सफुल मिटिङ’ का लागि हस्ताक्षर अभियान थाल्ने चेतावनी स्थायी समितिका केही नेताहरुले दिएपछि अध्यक्ष द्धयले बैठकको तयारी थालेका हुन् ।

हस्ताक्षर अभियान सञ्चालन गरेर मिटिङका लागि दबाब दिँदा पार्टीभित्र ध्रुवीकरणको स्थिति पैदा हुनसक्ने स्थिति आएपछि बैठकको तयारी भएको हो । केन्द्रीय सचिवालयका रहेका नेताहरुले त्यो स्थिति आउनु भन्दा पहिल्यै बैठक डाक्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर