15.1 C
Kathmandu
 

नेवि संघको म्याद दुई महिना थपियो, पौडेल समूहको विरोध

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले नेवि संघ कार्यसमितिको म्याद दुई महिना थपेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेवि संघको विधान संशोधन गरेको हो ।

विधानमा २ वर्षे कार्यकाल रहने र महाधिवेशन हुन नसके ३ महिना समय थप्न सकिने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर ५ महिना बनाइएको छ ।

अब नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद माघ २ सम्म हुनेछ । तर, कार्यसमितिका अधिकांश नेताहरु यो दुई महिनामा अधिवेशन गर्न नसक्ने निष्कर्षमा छन् ।

पौडेल समूहको विरोध

दुई महिना म्याद थप्ने निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुनरसिंह केसी लगायतले विरोध गरेका छन् ।

वर्तमान कार्यसमितिले नै दुई महिनामा अधिवेशन गर्न नसक्ने बताइसकेकाले म्याद थप्नुको औचित्य नहुने उनीहरुले बताएका थिए । तर, बहुमतका आधारमा निर्णय भएको छ ।

बैठकमा नेता गगन थापाले भने ६ महिना म्याद थप्ने प्रस्ताव गरेका थिए । तर, प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पालामा एक महिनामै महाधिवेशन गरेको स्मरण गरे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर