25.1 C
Kathmandu
 

राशिफल

–ज्योतिषवाणी –

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परायासंग सतर्क रहनुहोला । अर्थमा पनि ख्याल गर्नुपर्ने समय छ । तपाईंले पाउने सम्मानमा आच पुग्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साथीसंगीको राम्रो साथ सहयोग मिल्नेछ । सिर्जनशिल काममा रुची जाग्नुका साथै प्रगतीको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यवसायमा मनग्य आम्दानी होला । हरेक काममा सपलता मिल्ने छ । घरपरिवार सन्तानबाट सुख प्राप्तीको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आकस्मिक धन लाभको समय छ । साथीसंगीबाट राम्रो साथ सहयोग मिल्नुकासाथै काममा तल्लिन हुने समय छ । घुमफिर पनि हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परायासंग सतर्क रहनुहोला । धनमा ख्याल गर्नुपर्ने समय छ, खर्च बढ्ने योग छ । सम्मानमा आच पुग्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सम्पत्ति कमाउने योग छ । हरेक काम बन्नेछन् । खुशीकासाथ दिन बित्नेछ । साथीसंगी र परिवारको साथले मन प्रशन्न होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धन प्राप्तिको योग छ । साथीसंगीबाट राम्रो साथ पाइएला । समाजसेवाका काममा व्यस्त हुने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तपाईंको दिन राम्रो छ । आम्दानी बढ्ने योग छ । घुमफिरसंगै रमाइलो गरेर दिन बित्नेछ । मन खुशी रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सतर्क रहनुहोला काममा बाधा आउन सक्छ । अपव्ययको समय भएकोले ख्याल गर्नुहोला । स्वास्थ्यमा गडबढी देखिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

चुनौतीहरु बढ्ने छन् । साथीसंगीको साथले दिन रमाइलोसंग बित्नेछ । हरेक काममा सफलता पाउनुहुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थीकरुपमा सवल रहनुहोला । व्यवसाय बढ्नुकासाथै मन प्रसन्न हुनेछ । घरपरिवारमा सुख शान्ति मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सम्पत्ति बढ्ला । धन लाभको समय छ । पारिवारिकसाथ सहयोगले मन खुशी हुनेछ । उत्साह बढ्नेछ । काममा सफलता मिल्ला ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर