12.1 C
Kathmandu
 

चर्चित गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन् । कुटुमा कुटु, पिरिम नलाउनी, रैयाँ चाँदीको, जस्ता कैयौँ हिट गीतकी गायिका राईले बिहिबार इन्गेजमेन्ट गरेकी हुन् । इलामका ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन् । काठमाडौंस्थित आफ्नै घरमा परिवारजन र नजिकका आफन्तहरुको सिमित उपस्थितिमा मेलिना जोडीको इन्गेजमेन्ट भएको हो । सुटक्कै इन्गेजमेन्ट गरेकी मेलिनाको शुक्रबार नै विवाह समारोह हुँदैछ ।

विवाहमा समेत घरपरिवार र नजिकका छिमेकी तथा आफन्तजनलाई मात्र निम्तो दिइएको बताइएको छ । स्रोतले भन्यो, ‘विवाहमा खाशै धेरैलाई बोलाइएको छैन । आफन्त र परिवारको साधारण जमघटमा विवाह गर्न लागिएको हो । त्यसैले हल्ला गरिएको छैन ।’ मेलिनाले प्रेमपछि मागी विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार विबाह भोली गोकर्णेश्वरको हिमाली घर रिर्सोटबा गर्ने तयारी गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर