27.9 C
Kathmandu
 

चितुवा मृत अवस्थामा फेला

रौतहट । रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ ।यद्मपी चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानियले बताएका छन् । चोरी सिकारीको उदेश्यले मारेको हुन सक्ने स्थानीय रुप नारायण पटेलले बताए ।
उनका अनुसार वृन्दावन नगरपालिका–१ बलेरीको नहरबाट कृषकको खेतसम्म आइपुगेको हो । तर डिभिजन बन कार्यालय रौतहटले सिकारीले मारेको नभइ आफैं मरेको बताएको छ ।

चितुवाको प्रकृति हेर्दा कालगतीले मरेको देखिएको डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले बताए । यस विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए ।
मरेको चितुवालाई स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर पुरिएको छ । पछिल्लो समय रौतहटको बनमा लोपोन्मुख बन्यजन्तु देखा पर्न थालेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर