22.4 C
Kathmandu
 

काठमाडौं आइपुगे भुटानका राजा वाङचुक

काठडमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आइपुगेका छन् ।भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।
वाङचुक बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् ।
१९ सदस्यीय भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन् ।भुटानका राजा नेपाल आएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । उनको दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर