22.4 C
Kathmandu
 

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

काठमाडौं । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी÷ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।
उनले नक्कली पिए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए ।त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए÷सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर