काठमाडौँ । भारत दक्षिण अफ्रिकासँगको टी(२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ । गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १(१ ले बराबरी भएको छ । यस अघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।