काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडाकम गरेको दाबि गरेपनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ ।
मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरेको दाबि गरेको छ । पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत भएका दाबि गरिएको छ ।
तर वास्तवमा भने हवाई भाडामा कुनै कमी आएको देखिएको छैन । कुनै पनि हवाई कम्पनिको आगामी शुक्रबारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन । शनिबारका लागि बुद्ध एयरले काठमाडौँदेखि भैरहवाको भाडा रु। ७२१६।१८ देखि ८१८४।५९ सम्म देखाएको छ । त्यस्तै इसेवामा बुद्ध एयरको ८५६४ रहेको छ भने श्री एयरको ८५ सय भाडा रहेको छ ।