एजेन्सी बलिउड नायक गोविन्दालाई गोली लागेको छ । भारतीय मिडियाका अनुसार, आफ्नो बन्दुक सफा गरिरहेको समयमा गोविन्दालाई गोली लागेको हो । उनलाई आफ्नै बन्दुकबाट गोली लागेको हो । भारतीय मिडियाका अनुसार, आफ्नो बन्दुक सफा गरिरहेको समयमा गोविन्दालाई गोली लागेको हो ।
गोविन्दालाई तत्काल आइसियूमा भर्ती गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । आज बिहान ५ बजे गोविन्दालाई खुट्टामा गोली लागेको मिडियाले उल्लेख गरेका छन् । आफ्नो लगेजमा लाइसेन्स लिएको बन्दुक राख्ने क्रममा तल झरेको र गोविन्दाको खुट्टामा लागेको बताइएको छ ।