22.5 C
Kathmandu
 

विदेशी खेलाडीका लागि कडा नियम बनायो आईपीएलले

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ । आईपीएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका खेलाडीले पछि हुने मिनी लिलामीमा प्रवेश नपाउने भएका छन् ।

साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई अर्को २ सिजनको लागि प्रतिबन्ध लगाइनेछ । तर, खेलाडी घाइते भएमा उनलाई प्रतिबन्ध लाग्दैन, तर यसका लागि उनले आफ्नो राष्ट्रिय बोर्डबाट अनुमति लिनुपर्नेछ ।

साथै विदेशी खेलाडीले अब एक सिजनमा १८ करोड भारु भन्दा बढी कमाउन पाउने छैनन् । पछिल्लो मिनी लिलामीमा अस्ट्रेलियाका मिचेल स्टार्क २४।७५ करोड भारु र प्याट कमिन्स २०।५० करोड भारुमा बिक्रि भएका थिए ।

अब भने आईपीएलले विदेशी खेलाडीका लागि क्याप बनाएको छ, जसमा १८ करोड भन्दा बढी कमाउन सक्ने छैनन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर