25.1 C
Kathmandu
 

फेसबुकको मुख्य कम्पनीमेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना

काठमाडौँ । फेसबुकको मुख्य कम्पनी मेटालाई पासवर्ड सुरक्षा चुकको कारण १०६ मिलियन डलर जरिवाना गरिएको छ।

युरोपेली युनियनको गोपनीयता नियामकले पासवर्ड सुरक्षा त्रुटिको कारण मेटालाई यो जरिवाना गरिएको हो।

आयरल्याण्डको डाटा प्रोटेक्शन कमिसनले मेटाले केही पासवर्डहरू अनजानमा एन्क्रिप्टेड फारममा भण्डारण गरेको जानकारी पाएपछि सन् २०१९ मा अनुसन्धान सुरु गरेको थियो। अनइन्क्रिप्टेड डाटा ह्याकरहरूले सजिलै पत्ता लगाउन सक्छन्। आयुक्त ग्राहम डोयलले मेटाको तर्फबाट गम्भीर लापरवाही भएको बताउँदै प्रयोगकर्ताको पासवर्ड सुरक्षित हुने विश्वास गरिनु पर्ने कुरामा गल्ती हुनु गम्भीर विषय भएको बताएका छन्, र यसै कारणले जरिवाना लगाउने निर्णय गरेका हुन्।

यसअघि पनि मेटालाई युरोपमा ठूलो जरिवाना लगाइएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर