19.1 C
Kathmandu
 

लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन सरकारको आग्रह

काठमाडौँ । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।

इजिप्टको कायरोस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

दूताबासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन नम्बर र इमेल ठेगाना समेत सार्बजनिक गरेको छ ।

सम्पर्क ठेगाना निम्न बमोजिम छ :

कायरो

इमेल : [email protected]

सम्पर्क व्यक्ति : दीपक घिमिरे, द्वितीय सचिव

फोन नं. +201097772348 (WhatsApp)

माधवराज काफ्ले, तृतीय सचिव
फोन नं. +201002505997 (WhatsApp)

बेरुत

इमेल : [email protected]

मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत

फोन नं. +9613301181/+96171688821/+96181883713

साथै लेबनानमा रहेका नेपाली नागरिकहरुले दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराउन सकिने छ ।

इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा हवाई आक्रमण सुरु गरेपछि लेबनानको अवस्था नाजुक बनेको छ । अहिलेसम्म नेपाली नागरिकको अवस्था सुरक्षित रहेको बताइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर