काठमाडौं, २५ भदौ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानविन हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका बिषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने बताउनुभएको हो । गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सा मना गर्छु भनिसकेको अवस्थामा अव अनुसन्धानमा ढिलाई नगर्न नहुने उहाले बताउनुभयो । कुनै पनि प्रकरणमा कानूनको उलंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाईन रहेको थापाले बताउनुभयो । उहाले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै थापाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहको जानकारी दिनुभयो ।
उहाले सवैको बीचमा सहमति कायम गरेर अहिलेको व्यवस्थालाई सुदृढ गर्ने गरि राजनीतिक स्थायीत्वलाई प्राथमिकतामा राख्ने गरि न्यूनतम साझा कार्यक्रम बनाइने जानकारी दिनुभयो । त्यस्तै मुलुकको अर्थतन्त्रको सुधारका साथै जनतालाई परिवर्तनको महशुस हुनेगरि काम गर्नका लागि आवश्यक साझा कार्यक्रम बनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।