19.1 C
Kathmandu
 

आफ्नी पुर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगि गरेको विषयमा आफुलाई जोड्न आग्रह गरे घनराज गुरुङले

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पुर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगि गरेको विषयमा आफुलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडी बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफुलाई जोड्नु गलत भएको बताएका हुन् ।

सांसद गुरुङले पुर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले आफुमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोप्मुक्त भएको बताउदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर