19.1 C
Kathmandu
 

सडक छेउमा मृत अवस्थामा फेला परे ६९ वर्षीय बम बहादुर

काठमाडौं, २४ भदौ- दाङ, तुलसीपुर उपमहानगरपालिका(१५ मलवार बस्ने ६९ वर्षीय बम बहादुर भुषाल सोही ठाउँस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका(११ नवजागृति सामुदायिक वनमा कालिका नगरपालिका(५ बस्ने ५५ वर्षीय बाबुराम परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, जानकी गाउँपालिका(४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारू सोही ठाउँस्थित रोरा नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका(१ जमुनियाबाट धनेवा जाने कच्ची बाटोको बिचमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, कोल्हबी नगरपालिका(२ बकैया खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर