26.1 C
Kathmandu
 

मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी, ट्रक पूर्ण रूपमा क्षति

हेटौंडा । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ। थाहा नगरपालिका(४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

प्रहरीका अनुसार नेपाली सेना ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा विहिबार अपराहन्न आगलागी भएको जनाएको छ। ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको प्रहरीले जनाएको छ । सापट भाँच्चिएर डिजेल ट्यांकीमा लागेर डिजेल चुहिएपछि आगलागी भएको थियो ।

ट्रकमा लागेको आगो नियन्त्रणमा लिइसकेको र ट्रकमा सवार १८ जना सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर