22.1 C
Kathmandu
 

सरकारले शिक्षकहरुमाथि दमन गर्न मिल्दैन् – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरुमाथि दमन गर्न नमिल्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षा मन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरुमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकहरुमाथि दमन गर्न नमिल्ने बताउनुभएको हो ।

यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकहरुमाथि दमन गर्ने काम गरेको बताउनुभयो । ८२५ शिक्षलाई राजीनामा गराए, राजनीतिक आवद्धता त्याग्न लगाए जस्ता कुराहरु सहि नभएको उहाले बताउनुभयो ।

उहाले शिक्षक सरकारका सत्रु नभएको र सरकारले शिक्षकमागि अत्याचार गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिलेको समय अनुसार शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षासम्बन्धी ऐन सवैको छलफलपछि अघि बढाउने उल्लेख गर्नुभयो ।

उहाले अहिले पनि समाजलाई कानून, संविधानप्रति जवाफदेही हुनुपर्छ भन्ने बनाउन जरुरी रहेको बताउनुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर