24.1 C
Kathmandu
 

सबै क्षेत्रको एकाधिकार हटाउने तयारीमा सरकारः गृहमन्त्री

म्याग्दी, २८ कार्तिक । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको एकाधिकार पनि हटाउन सरकार लागिपरेको बताउनुभएको छ ।

म्याग्दीको कोरला यातायात प्रालिद्वारा सन्चालित यातायात सेवाको आज बेनीमा शुभारम्भ गर्दै उहाँले मुलुकको समृद्धि र आमनागरिकको आय–आर्जनमा सुधार ल्याउन यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायतको क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री थापाले मुठ्ठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेकाले सबैलाई समान अवसर सिर्जना गर्न एकाधिकार तोड्न जरुरी रहेको स्पस्ट पार्नुभयो । उहाँले हरेक क्षेत्रको एकाधिकार पूर्णरुपमा हट्नेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर