काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार तोलामा १ लाख ४६ हजार पुगेको सुनको मूल्य आज १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।