12.1 C
Kathmandu
 

भ्रष्टाचारको फाइल खुल्ने बिषयमा हामीलाई जस चाहिएको छै्न – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले कांग्रेस–एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै लामिछानले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभाष भएको बताउनुभएको हो । संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुदै गएको उहाले बताउनुभयो । लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसेको भएपनि पछिल्लो समय सदनमा आफुमाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो । भ्रष्टाचारको फाइल खुल्ने बिषयमा आफुलाई जस नचाहिएको उहाले बताउनुभयो । उहाले

कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझैपनि अनुसन्धान जारी रहेको, बाँसबारी छालाजुत्ता कारखानाको विषयपनि अझैसम्म अनुसन्धानमा रहेको जिकिर गर्नुभयो । आफु गृहमन्त्री हुदा भएको अनुसन्धानलाई पूर्वाग्रह साधेको भन्ने अभिव्यक्तिप्रति आपत्ती जनाउदै उहाले त्यसप्रति गम्भीर ध्यानाकार्षण गराउन खोजेको समेत बताउनुभयो ।

लामिछानले केहि समयअघि सहकारी–बन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गर्नुभयो । त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उहाको भनाइ छ

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर