27.9 C
Kathmandu
 

श्रीलङ्का सरकारको ऋण स्टकमा कमी

श्रीलङ्काको सरकारी ऋण स्टक सन् २०२३ डिसेम्बरदेखि सन् २०२६ अप्रिलसम्म आठ खर्ब रुपैयाँ (दुई अर्ब ६० करोड अमेरिकी डलर) ले घटेको एक राज्यमन्त्रीले आइतबार बताएका छन् ।

अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले सामाजिक सञ्जाल पोष्टमा विदेशी कर्जा स्टक नौ दशमलव दुई प्रतिशतले उल्लेखनीयरूपमा कमी भएको बताए । देशको कुल आन्तरिक ऋण स्टक एक दशमलव आठ प्रतिशतले थोरै बढेको उनले उल्लेख गरे ।

आन्तरिक ऋणमा भएको यो वृद्धि केन्द्रीय बैंकको आर्थिक सहयोगबिना बजेट व्यवस्थापन गर्ने प्रयासको परिणाम हो भने विनिमय दर सुदृढ भएकाले विदेशी ऋणको स्टक घट्न सहयोग पुगेको उनले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर